‘म राजेश हमाल’ चैत्र १० मा रिलिज हुने

२३ असोज २०७९ ४:३०

निर्माता केदार भुसालको लगानीमा बनेको चलचित्र ‘म राजेश हमाल’को फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो चलचित्र आगामी चैत्र १० गतेबाट देशभरका हलमा रिलिज हुने पक्का भएको छ । जोन योञ्जनको निर्देशनमा तयार भएको यो चलचित्रमा संचिता लुइटेल, महेश त्रिपाठी, मुकुन भुसाल, एभोन राज उप्रेती, संजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भूमिका छ । चलचित्रमा नायक आर्यन सिग्देल विशेष भूमिकामा देखिदैछन् ।

चलचित्रमा जोनको कथा, जोन र सायदको पटकथा छ । आलोक शुक्लाको छायांकनमा तयार भएको चलचित्रमा भिम विश्वकर्माको सम्पादन, दीपक आरजे र कमल रेग्मीको संगीत छ । किरण कुमार महर्जन सह–निर्माता रहेको चलचित्रमा जिवलाल भुसाल, नविन भुसाल र श्रृषा भुसाल कार्यकारी निर्माताको रुपमा छन् ।

राजेश हमाल एक सुपरस्टार मात्र नभएर एक भावना पनि हुन् भन्ने कथामा यो चलचित्र बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *