‘अन्तिम संस्कार’को टिमले सक्यो मुस्ताङको छायांकन

१५ असोज २०७९ ७:४१

प्रदीप शाहीको निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘अन्तिम संस्कार’को मुस्ताङको छायांकन सकिएको छ । ४० प्रतिशत छायांकन सकेर टिम काठमाडौं फर्किएको हो । शाही प्रोडक्शन नेपाल प्रालिको ब्यानरमा निर्माण भैरहेको यो चलचित्रको छायांकनका लागि विजय लामा सहितका कलाकार मुस्ताङ पुगेका थिए ।

मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ लगायतका क्षेत्रमा चलचित्रको छायांकन गरिएको निर्माता विनोद सुवेदीले जानकारी दिए । डेढ करोडको लगानीमा बनिरहेको चलचित्रमा बिजय लामा, दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती लगायतका कलाकारको अभिनय छ । चलचित्रमा बाबु श्रेष्ठको छायांकन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *