२ महिना अगाडि नै राजेश पायलले छोरालाई जन्म दिएको खुलासा

१५ असोज २०७९ ७:३१

नेपाली सुगम संगीतका चर्चित गायक राजेश पायल राइलाई पुत्र लाभ भएको छ । उनकी प्रेमिका साङबुङ राइले छोरालाई जन्म दिएकी हुन् । २ महिना अगाडि काठमाडौंको ह्याम्प अस्पतालमा राजेशलाई पुत्र लाभ भएको थियो ।

तर, यो कुरा राजेशले लुकाउँदै आएका थिए । काठमाडौंको नक्सालमा उनले छोरा हुर्काइरहेका छन् । राजेश र साङबुङ राईबिच २६ बर्षको उमेर अन्तर छ । उनीहरु २ बर्षदेखि गहिरो प्रेममा रहेको र लिभिङ टूगेदरमा रहेको हल्ला चलेको थियो । तर, यो बिषयमा राजेशले कुनै पनि प्रतिक्रिया दिएका थिएनन् ।

अब भने राजेशले सन्तानलाई जन्म दिएको खबर सार्वजनिक भएसँगै मनोरञ्जन दुनियाँमा तरङ्ग पैदा भएको छ । साङबुङ एक फ्यानको रुपमा राजेशसँग नजिक भएकी थिइन् । पछि, माया बसेपछि उनीहरु एकसाथ बस्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *