रेजिना, किरण र सुधिरको ‘कुरी कुरी माकुरी’ सार्वजनिक

१४ असोज २०७९ १२:०१

 

गायक तथा संगीतकार बाबुल गिरी र गायिका एलिना चौहानको स्वर रहेको ‘कुरी कुरी माकुरी’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ । गीतमा लक्ष्मण पौडेलको शब्द, संगीत छ भने गायक बाबुल गिरीकै एरेन्ज रहेको छ ।

गायक गिरीका यस अघि हारले निखार ल्याउँछ मेरो जिन्दगी, नाचन बाटुली, नेपाल गए कपल संगै, च्वाक मिलाइदेउ, मायाले संसार चल्दैन पैसा नभए लगाएत थुपरै गीतहरु सार्ववनिक भै सकेका छन् ।

यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा किरण केसी, रेजिना उप्रेती, सुधीर श्रेष्ठ, रुबी पौडेलको अभिनय हेर्न सकिन्छ ।

माइकलले डान्सिङ शैलीमा यो भिडियोलाई तयार पारेका छन् । निर्देशक चन्दले पछिल्लो समय निर्देशन गरेका एकपछि अर्को भिडियोले तारिफ पाइरहेको समयमा यो भिडियोले पनि दर्शकको मन जितिरहेको छ । छन् । त्यसैले यस भिडियोमा पनि निकै मिहिनेतका साथ आफूले बनाएको र राम्रो प्रतिक्रिया आएको उनको कथन छ ।

भिडियोमा माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, उत्सव दाहालको छायांकन, शिलन लम्सालको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *