‘के घर के डेरा’को कमेडी ट्रेलर, विपिनको गज्जबको अभिनय

१४ असोज २०७९ ११:५१

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘के घर के डेरा’को ट्रेलर आज सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ट्रेलरमा घर र डेराका लागि श्रीमान्–श्रीमतिको दौडधुपको कथालाई प्रस्तुत गरिएको छ ।

महेश दवाडीको पटकथा तथा संवाद रहेको यो फिल्ममा सिंगे लामाको कथा छ । फिल्ममा नायकद्धय विपिन कार्की र दयाहाङ राईको घर र डेराको चक्करलाई हेर्न सकिन्छ । साथै, फिल्ममा नायिकाद्धय वर्षा राउत र सुरक्षा पन्तको अभिनय पनि रोचक छ । रविन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा लगायतका कलाकारले पनि दर्शकलाई उत्साहित बनाएका छन् ।

यो चलचित्रमा दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन छ । चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता हुन् । यूवराज कार्की कार्यकारी निर्माता रहेको यो चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ । निर्देशक खनालले काठमाडौंको घर र डेराको चक्कर काटिरहेका मानिसहरुकोक कथालाई रमाइलो तरिकाले प्रस्तुत गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *