‘२ नम्बरी’को ट्रेलरमा शिकारी दया र सौगात

११ असोज २०७९ १६:२७

चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको कमेडी ट्रेलर सार्वजनिक गरिएको हो । यो चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको अभिनय छ ।

चलचित्रको ट्रेलरमा सौगात र दयाविचको मित्रता, २ नायिकासँग २ साथीको प्रेमलाई देखाइएको छ । सरोज नेपाली कार्यकारी निर्माता रहेको यो चलचित्रमा सह–निर्माताको रुपमा मिठ्ठु तामाङ्नी रहेकी छिन् । चलचित्रमा बुद्दि तामाङ, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामाको अभिनय छ ।

चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र जयन जे वाइवाको संगीत छ । चलचित्रमा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठको लगानी छ । यो चलचित्र असोजको २१ गतेबाट रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *