९ बर्षपछि आनासँग ‘जेरी २’मा काम गर्दै अनमोल

११ असोज २०७९ १६:१३

सन् २०१४ रिलिज भएको चलचित्र ‘जेरी’मा नायक अनमोल केसी र नायिका आना शर्माले काम गरेका थिए । यो चलचित्र व्यापारिक रुपमा सफल पनि भयो । हेमराज वीसीको यो लभ स्टोरी चलचित्रलाई दर्शकले अत्याधिक रुपमा मन पराएका थिए ।

यो जोडीले यसपछि नयाँ चलचित्रमा काम गरेको थिएन । तर, ९ बर्षपछि यो जोडी फेरि एकपटक पर्दामा आउने भएको छ । निर्माणपक्षले आनासँग केही हप्ता अगाडि नै चलचित्रका लागि संझौता गरेको थियो । तर, आज आनाको तस्वीर लुकाउन खोज्दा खोज्दै पनि सार्वजनिक भएको थियो ।

सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको लगानीमा बन्न लागेको यो चलचित्रलाई हेमराज वीसीले निर्देशन गर्नेछन् । चलचित्रको छायांकन तिहारपछि सुरु हुनेछ । चलचित्रमा अर्की एक जना नायिका पनि हुनेछिन् । तर, अर्की एक जना नायिका भने फाइनल नभएको निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *