लोकल पिएपछि समारिका र स्मारिकासँग क्लबमा रमाउँदै दीलिप

११ असोज २०७९ ६:३५

हाँस्य कलाकार राजा राजेन्द्र पोखरेल र शान्तिम कोइरालाको स्वरमा समावेश ‘लोकल नभई हुँदैन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । राजा राजेन्द्रकै शब्द तथा संगीतमा यो गीत तयार पारिएको हो ।

गीतको भिडियोमा नायक दीलिप रायमाझी र मोडलद्धय समारिका र स्मारिका ढकालले नृत्य गरेका छन् । मदिरा सेवनपछि मानिसले गर्ने विभिन्न गतिविधीलाई भिडियोमा रोचक ढंगले प्रस्तुत गरिएको छ । शिव वीकको निर्देशनमा तयार भएको भिडियोमा वीककै कोरियोग्राफी, सौरभ लामाको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *