आमा बन्दैछु भन्ने रिपोर्ट आउँदा विश्वास गर्नै सकिनँः स्वेता खड्का

१० असोज २०७९ १६:१३

नायिका स्वेता खड्काले मंसिरमा सन्तानलाई जन्म दिदैछिन् । स्वेता गर्भवती भएको खबर केही हप्ता अगाडि मात्र मिडियामा सार्वजनिक भएको थियो । उनै, स्वेता आज पहिलो पटक मिडियाको अगाडि देखिइन् ।

स्वेताले आफूले पहिलो पटक आमा बन्दैछु भन्ने रिपोर्ट आउँदा विश्वास नै गर्न नसकेको बताइन् । उनले भनिन्–‘रिपोर्ट सुन्ने वित्तिकै मैले विश्वास गर्न सकिनँ । शरीर काँपेको थियो, खुशी थिएँ ।’

स्वेताले सुरुको तिन महिना त आफूले आमा बन्दैछु भन्ने कुरामा नै विश्वास नगरेको भन्दै पछि खुशी भएको बताइन् । आफूलाई माया गर्ने मानिस र समाज भएका कारणले पनि खासै गाह्रो नभएको उनको तर्क छ । तर, पछाडिको भाग निक्कै दुख्ने गरेको उनले बताइन् ।

स्वेताले विजयेन्द्र सिंह राठौरसँग बिहे गरेकी हुन् । बिहे गरेको एक बर्षपछि स्वेता आमा बन्ने तयारीमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *