पुष्प र साम्राज्ञीको ‘तिम्रो मेरो साथ’ पौष २९ मा रिलिज हुने

१० असोज २०७९ १५:४१

एकातिर नेपाली चलचित्र रिलिजको लामो लाइन तिहारसम्म छ । अर्कोतिर, रिलिजका लागि पालो पर्खिरहेका निर्माताले पनि धमाधम चलचित्रको प्रदर्शन मिति तय गरिरहेका छन् । यसैविच, रमेश एम के पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘तिम्रो मेरो साथ’को प्रदर्शन मिति पनि तय गरिएको छ । यो चलचित्र पौषको २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने पक्का भएको छ ।

निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति भोली घोषणा गर्ने तयारी गरेको छ । चलचित्रलाई लभ स्टोरी कथामा निर्माण गरिएको छ । सविर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माता रहेको चलचित्रले माघे संक्रान्तीलाई लक्षित गरेर प्रदर्शन मिति तय गरेको हो ।

मंसिरमा निर्वाचन र विश्वकप फुटबलका कारण चलचित्रको प्रदर्शन मिति तोकिएको छैन । तर, फुटबल सकिए लगतै धमाधम नयाँ चलचित्र रिलिज हुनेछन् । पासाङ लामा यो चलचित्रका निर्माता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *