‘प्रेमगीत ३’ हिन्दीमा रिलिज भएसँगै नेपाली शोमा भारी कटौती

९ असोज २०७९ १३:०२

शुक्रबारदेखि रिलिज भएको नेपाली चलचित्र ‘प्रेमगीत ३’को हिन्दी भर्सन भोलीदेखि नेपालभर रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले आज सेन्सर पासका लागि अनुमति दिएसँगै चलचित्रको सेन्सर पनि सम्पन्न भैसकेको छ ।

भोलीबाट हिन्दी भाषामा चलचित्र रिलिज हुने भएपछि यसको नेपाली शोजमा भारी कटौती गरिएको छ । मल्टिप्लेक्समा उच्च शोका साथ चलिरहेको नेपाली भर्सन अब सिमित शोजमा खुम्चिएको छ । हिन्दी भर्सनका लागि मल्टिप्लेक्समा उच्च शो दिइएको छ ।

काठमाडौंको बीग मुभिजले भोलीबाट हिन्दी भर्सनका लागि १३ शोज उपलब्ध गराउँदा नेपाली शोजका लागि ३ शोज मात्र उपलब्ध गराएको छ । ३ दिनसम्म यो हलमा नेपाली भाषामा १५ शोज दिइएको थियो ।

यस्तै, देशकै ठूलो चेन भएको मल्टिप्लेक्स क्यूएफएक्सले पनि नेपाली शोजमा भारी कटौती गरेको छ । ८० शोजसम्म चलेको नेपाली शो अब खुम्चिएको छ भने हिन्दी शोजका लागि ४० भन्दा बढी शोज दिइएको छ ।

यस्तै, वान सिनेमाज कालिमाटी र नयाँ बाँनेश्वरमा गरेर हिन्दीलाई १३ शोज दिइएको छ । नेपाली भाषाको शोजका लागि ७ शो उपलब्ध गराइएको छ । यो चलचित्रका मेकरले शुक्रबारदेखि नै हिन्दी भाषामा चलचित्र लगाउने प्रयास गरेपनि कर चुक्ता नहुँदा चलचित्र विकास बोर्डले सेन्सर अनुमति दिएको थिएन । तर, आज विकास बोर्डले सेन्सर अनुमति दिएपछि यो चलचित्र भोलीबाट हिन्दीमा रिलिज हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *