गुरूङ चलचित्र ह्रोसैँ ङ्हो आफ्नो कर्म को काठमान्डौमा विशेष प्रदर्शन हुने भएको छ । गुरूङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ह्रोसै ङ्हो ९आफ्नो कर्म० को यहि सोमवार अर्थात भोलि घटस्थापनाको दिन सामाखुसी स्थित रानीदेवी पार्टी प्यालेस पुरानो विश्व फिल्म हलमा विशेष प्रदर्शन गरिन लागेको हो।
चलचित्रका नायक वीरबल घलेले दिएको जनाकारी अनुसार चलचित्र तीन बर्ष अगाडि नै निर्माण गरिएता पनि कोरोना महामारीको कारण भर्खर प्रदर्शन गरिन लागेको हो । जनक गुरूङको कथा तथा निर्देशन रहेको चलचित्रलाई नवज्योति भिजन नेपालले निर्माण गरेको हो ।
गुरूङ चलचित्र जगतका चर्चित नायिका अनुता गुरूङ, नायक वीरबल घले, नव नायक रबिन गुरूङ, आकृति गुरूङ, सीता गुरूङ, मन्त्रीजंग गुरूङ, मेनुका गुरूङ, रेशम गुरूङ, राम गुरूङ, दिव्या गुरूङ, बाल कलाकार श्रद्दा गुरूङ , जमान सिं गुरूङ, दुर्गा गुरूङ, शम्सेर जंग गुरूङ लगायतको मुख्य अभिनय रहेको यस चलचित्रले गरिबी र बाध्यताले विदेशिनु परेका आम युवाहरूको संघर्ष र दुख सुखको कथालाई समेटेर निर्माण गरिएको छ।
चलचित्रले उठाएको कथा बस्तुलाई सम्पूर्ण नेपालीले हेर्नु पर्ने बिषय भएको निर्माण पक्षले दावी गरेको छ ।