साहरुखको ‘पठान’ लुक्स

९ असोज २०७९ ११:३२

बलिउड नायक साहरुख खान अभिनित नयाँ चलचित्र ‘पठान’ आउँदो बर्षको जनवरी २५ तारिखमा रिलिज हुँदैछ । यो चलचित्रको अहिलेसम्म टिजर पनि सार्वजनिक गरिएको छैन । तर, चलचित्रको पोष्टर र नायक साहरुख खानको लुक्सले नै फ्यानहरुलाई उत्साहित बनाइरहेको छ ।

उनै, साहरुखले आज सामाजिक संजालमा एक नयाँ लुक्स सार्वजनिक गरेका छन् । जहाँ उनी सर्टलेस छन् । उनले, सर्टलाई मिस गरेको पनि उल्लेख गरेका छन् ।

यो चलचित्रमा साहरुखको साथमा दीपिका पादुकोण र जोन अब्राहिमको मुख्य भूमिका छ । चलचित्रको कथावस्तु अहिलेसम्म खुलेको छैन । तर, साहरुखको तस्वीरले भने दर्शकमा उत्साह थपेको छ । यो चलचित्रलाई यशराज ब्यानरले निर्माण गरेको छ । चलचित्रले बक्स अफिसमा सुनामी ल्याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *