रिलिज अगावै साहरुखको ‘जवान’ले कमायो २५० करोड

९ असोज २०७९ ११:२५

बलिउड नायक साहरुख खान ४ बर्षसम्म पर्दामा देखिएनन् । ४ बर्षसम्म कुनै पनि चलचित्रमा काम नगरेका उनी आउँदो बर्ष ३ चलचित्रमार्फत दर्शकमाझ आउँदैछन् । साहरुखले अभिनय गरेको चलचित्र ‘जवान’ आउँदो बर्षको जुन ३ तारिखदेखि रिलिज हुँदैछ । यो चलचित्रलाई साउथका हिट निर्देशक एट्लीले निर्देशन गरिरहेका छन् । चलचित्रमा साहरुखको साथमा नयनताराको अभिनय छ ।

यो चलचित्रको फस्टलुक र रिलिज डेट घोषणा टिजर मात्र सार्वजनिक भएको छ । तर, चलचित्रको हाइप विश्व बजारमा उच्च छ । यसैविच, यो चलचित्रलाई रिलिज अगावै भारी रकम नाफा हुने देखिएको छ ।

चलचित्रको सेटलाइट्स र ओटीटी राइट्स विक्री भएको छ । सेटलाइट्स राइट्स जी टीभीले किनेको छ भने ओटीटी अधिकार नेटफ्लिक्सले किनेको हो । दुबैले यो चलचित्रका लागि कुल २५० करोड खर्च गरेका छन् ।

रिलिज अगावै चलचित्रले साढे २ सय करोड कमाई गरेको छ । चलचित्रको ओभरसिज, म्यूजिक राइट्स विक्री हुनै बाँकी छ । साथै, चलचित्रले भारतबाट कमाउने रकम निर्माताका लागि मुनाफा हुने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *