‘प्रेमगीत ३’ हिन्दी रिलिजमा कुनै अवरोध गरेका छैनौः भुवन केसी

९ असोज २०७९ ११:१६

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले एक विज्ञप्ती सार्वजनिक गर्दै शुक्रबारदेखि रिलिजमा आएको नेपाली चलचित्र ‘प्रेमगीत ३’को हिन्दी स्वरांकनका लागि कुनै अवरोध नगरेको स्पष्ट पारेका छन् । आज सार्वजनिक गरिएको विज्ञप्तीमा भुवनले कर चुक्ता हुने वित्तिकै विकास बोर्डले हिन्दी स्वरांकनका लागि अनुमति दिएको स्पष्ट पारेका छन् ।

विकास बोर्डले हिन्दी स्वरांकनको बिषयलाई लिएर बोर्डका पदाधिकारी तथा सदस्यहरुलाई गालीगलौज गर्ने, भ्रामक समाचार सम्प्रेषण गर्ने काम भएको भन्दै अब यसो नगर्न आग्रह गरेको छ । यस्तै, बोर्डले ‘प्रेमगीत ३’ हिन्दी रिलिजका लागि कुनै खालको अवरोध पनि नगरेको स्पष्ट पारेको हो ।

‘प्रेमगीत ३’को हिन्दी स्वरांकनको आज सेन्सर भएको छ । यो चलचित्र भोलीबाट नेपालभर रिलिज हुँदैछ । तर, रिलिज हुनु अगाडि नै हिन्दी भर्सन अनलाइनमा लिक भैसकेको छ । यसले, यो चलचित्रको व्यापारमा भने केही असर गर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *