दुःखद कुराः अनलाइनमा लिक भयो हिन्दी भर्सनको ‘प्रेमगीत ३’

८ असोज २०७९ १०:२६

नेपाली चलचित्र कहिलेकाही युट्युबमा लिक गरिन्छ । हलमा पुरै खिचेर फिल्म लिक गरिएका घटना त सुनिएकै हो । अहिले त टिकटकमा साना साना क्लिप्स राखेर लिक गरिएका खुबै भेटिन्छन् ।

तर, शुक्रबारदेखि रिलिज भएको हिन्दी भाषाको नेपाली फिल्म ‘प्रेमगीत ३’ अनलाइनमा लिक गरिएको छ । बिश्वका चर्चित चलचित्रहरुलाई पाइरेसी गर्दै आएका केही अनलाइनमा यो चलचित्रको हिन्दी भर्सन लिक भएको हो । अनलाइनमा लिक भएको हिन्दी भर्सनले व्यवसायिक रुपमा निर्माता र वितरकलाई अप्ठ्यारो पार्न सक्छ । किनकी, यो चलचित्र नेपालमा हिन्दी भाषामा रिलिज भएकै छैन ।

हिन्दी भाषाको चलचित्र कुन देशबाट लिक भयो भन्ने खुलेको छैन । तर, हलमा पुरै चलचित्र खिचेर अनलाइनमा हालिएको छ ।

युट्युब वा टिकटकमा लिक भएको भए निर्माणपक्षले साइबर ब्यूरोको सहायता लिन सक्थ्यो । तर, अनलाइनबाटै पाइरेसी भएको चलचित्रका लागि नेपाली मेकरले पनि खासै केही गर्न सक्ने अवस्था छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *