२ दिनमा ‘प्रेमगीत ३’को बम्पर ओपनिङ, दर्शक के भन्छन् ?(भिडियोसहित)

८ असोज २०७९ १०:०२

शुक्रबारदेखि रिलिज भएको नेपाली फिल्म ‘प्रेमगीत ३’ले दर्शकको उत्साहजनक साथ पाइरहेको छ । रिलिजको पहिलो दिन नै आक्रामक कमाई गरेको फिल्मले शनिबार पनि बम्पर कमाइलाई जारी राखेको छ ।

नेपाली बक्स अफिसमा यो चलचित्रले कती कमायो भन्ने आँकडा सार्वजनिक भएको छैन । तर, २ दिनमा यो चलचित्रले ३ करोड माथिको कलेक्शन गर्ने पक्का छ ।

चलचित्रलाई भने दर्शकको मिश्रित प्रतिक्रिया मिलेको छ । चलचित्र हेरेर फर्किएका दर्शकले यसको हिउको दृश्यको बढी प्रशंसा गरेका छन् । कथावस्तुमा भने नयाँपन नभएको प्रतिक्रिया धेरै दर्शकको छ । केही दर्शकले भने चलचित्रले केही नयाँ कुरा देखाउन खोजेको बताए । विश्व बजारमा नेपाली चलचित्रको वृद्धि गर्न भूमिका खेलेको भन्दै केही दर्शकले यसलाई साथ दिन आग्रह गरेका छन् ।

सन्तोष सेन र स्वर्गीय छेतन गुरुङको निर्देशनमा बनेको चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *