‘प्रेमगीत ३’को बम्पर ओपनिङ

७ असोज २०७९ १०:२७

शुक्रबारदेखि रिलिजमा आएको प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ले बक्स अफिसमा बम्पर सुरुवात गरेको छ । चलचित्रका अधिकांश शोजहरु उच्च अकुपेन्सीका साथ चलिरहेका छन् । बिहानैबाट हलमा दर्शकको भीड लागेको छ ।

हिट सिरिज हुनु र उच्च प्रचारका कारण यो चलचित्रलाई फाइदा भएको छ । सन्तोष सेन र स्वर्गीय छेतन गुरुङको निर्देशनमा बनेको यो चलचित्रलाई दर्शकले भने मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

चलचित्र ‘प्रेमगीत ३’ले क्यूएफएक्स, बीग मुभिज, वान सिनेमाज् लगायतका हलमा दर्शकको उच्च साथ पाएको छ । आज र भोलीका लागि अधिकांश शोजहरु हाउसफूल छन् ।

यो चलचित्रले २ दिनमा साढे ३ करोड माथिको ग्रस कलेक्शन गर्ने प्रबल संभावना देखिएको छ । प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, प्रेम पुरी लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले आइतबारदेखि गर्ने व्यापारले यसको लाइफ टाइम कलेक्शन पक्का गर्नेछ ।

आजदेखि यो चलचित्र भारतमा पनि रिलिज भएको छ । भारतका करिब ५ सय पर्दामा रिलिज भएको चलचित्रलाई त्यहाँका दर्शकहरुले पनि राम्रो भनिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *