बेहुला बने ‘हैट’

७ असोज २०७९ १०:२०

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बुद्दि तामाङ बेहुला बनेका छन् । उनको आज कौशलटारको एक पार्टी प्यालेसमा बैबाहिक कार्यक्रम सम्पन्न भएको छ । ‘कबड्डी’ चलचित्रमा ‘हैट’ थेगोका कारण दर्शकमाझ सर्वाधिक लोकप्रिय रहेका यी कलाकारले ७ दर्जन बढी चलचित्रमा काम गरेका छन् । उनी, विगत केही बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सर्वाधिक सक्रिय छन् ।

बुद्दिले आज अनु थिङसँग बिहे गरेका हुन् । अनु र बुद्दिको मागी बिबाह हो । उनीहरुको तामाङ परम्परा अनुसार बिहे गरेका हुन् ।

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर ३ कुडवालमा जन्मिएका बुद्दिले मकवानपुरकी अनु थिङ तामाङलाई जीवनसाथी बनाएका हुन् । बुद्दिको बैबाहिक जीवन समारोहमा उनका नजिकका केही चलचित्रकर्मी पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *