कर चुक्ता नभएपछि ‘प्रेमगीत ३’को हिन्दी संकरणको रिलिज रोकियो

६ असोज २०७९ ११:१९

चलचित्र विकास बोर्डले कर चुक्ता नगरेको भन्दै हिन्दी भाषामा डब भएको नेपाली चलचित्र ‘प्रेमगीत ३’को सेन्सर रोकेको छ । चलचित्रको सेन्सर रोकिएपछि भोलीबाट यसको हिन्दी डब रिलिज हुने संभावना टरेको छ । अब, यो चलचित्रको हिन्दी संस्करण सोमबारदेखि मात्र रिलिज हुने निर्माणपक्षले बताएको छ । उता, वितरक मनोज राठीले भने कर चुक्ता नभएको स्विकार गर्दै बोर्ड अध्यक्ष भुवन केसीले असहयोग गरेको बताएका छन् ।

चलचित्रका निर्माता सन्तोष सेनले पनि सोमबारबाट मात्र हिन्दी भाषाको चलचित्र रिलिज हुने बताएका छन् । यो चलचित्रको हिन्दी भाषामा चर्को लफडा भएको थियो । चलचित्र विकास बोर्डले हिन्दी भाषाको चलचित्र भन्दै सेन्सर सिफारिश गरेको थियो । तर, संचार मन्त्रालयले भने चलचित्रलाई नेपाली नै भन्नुपर्ने निर्णय गर्यो ।

भारतमा यो चलचित्र ५ सय हलमा रिलिज हुने बताइएको छ । चलचित्रको प्रिमियरका लागि यसका कलाकार तथा टिम सबै भारतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *