‘प्रेमगीत ३’को सेन्सर विवाद, भुवनलाई मन्त्रालयमा बोलाइयो

५ असोज २०७९ १३:०८

चलचित्र ‘प्रेमगीत ३’को हिन्दी भर्सनलाई विदेशी चलचित्र भन्दै सेन्सर सिफारिश गरेपछि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विवादमा तानिएका छन् । भुवन केसीले नेपाली चलचित्रलाई किन विदेशी भन्दै सेन्सर अनुमती दिए भन्ने बिषयमा छलफल गर्न उनलाई संचार, सूचना तथा प्रविधि मन्त्रालयले भोली छलफलका लागि बोलाएको छ ।

विकास बोर्डले सेन्सर भैसकेको नेपाली चलचित्रलाई फेरि विदेशी चलचित्र भन्दै सेन्सर सिफारिश गरेकाले छलफलका लागि बोलाइएको मन्त्रालयले जनाएको छ ।

चलचित्रका वितरक मनोज राठीले बुधबार मन्त्रालयलमा निवेदन दिएका थिए । उनको आधारमा स्पष्ट हुन बोर्ड अध्यक्षलाई मन्त्रालयले बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *