भारतमा ५ सय हलमा रिलिज हुँदैछ ‘प्रेमगीत ३’

५ असोज २०७९ १२:४२

इन्डो नेपाली चलचित्र ‘प्रेमगीत ३’ भारतका ५ सय पर्दामा रिलिज हुने भएको छ । शुक्रबारदेखि यो फिल्म विश्वभर एकसाथ रिलिज हुँदैछ । रिलिजपूर्व विभिन्न कारणले चर्चामा रहेको यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।

यो फिल्मलाई भारतका ५ सय पर्दामा रिलिज हुन लागेको निर्माता सुभाष कालेले भारतीय मिडियालाई जानकारी दिएका छन् । यस्तै, यो चलचित्रलाई शुक्रबार भारतका दर्शकले ७५ रुपैयाँ भारुमा हेर्न पाउनेछन् । किनकी, शुक्रबार भारतमा ‘राष्ट्रिय फिल्म दिवस’को सेलिव्रेशन उत्सव आयोजना गरिदैछ ।

यसैले, शुक्रबार भारतभरका हलमा रिलिज हुने सबै फिल्मलाई ७५ रुपैयाँमा हेर्न पाउने गरि व्यवस्था गरिएको छ । फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन कस्तो व्यापार गर्छ भन्ने चासो धेरैका लागि छ ।

स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको यो फिल्मको बजेट ११ करोड भारु भनिएको छ । जसमध्ये, ६ करोड निर्माणमा र ५ करोड प्रचारमा खर्च गरिएको बताइएको छ । फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, प्रेम पुरी लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *