भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको ५८ बर्षको उमेरका निधन

५ असोज २०७९ ६:०४

भारतका चर्चित कमेडियन राजु श्रीवास्तवको आज निधन भएको छ । उनको ५८ बर्षको उमेरमा निधन भएको हो । राजुको विगत ४२ दिनदेखि दिल्लीको एम्स अस्पतालमा उपचार भैरहेको थियो । अगष्ट १० तारिखमा राजुलाई हृदयघात भएको थियो । दिल्लीको एक जिममा वर्कआउट गर्ने क्रममा उनलाई हृदयघात भएको थियो । यसपछि, उनको उपचारका लागि अस्पताल लगिएको थियो ।

४२ दिनसम्म उपचार गर्दा पनि उनको होस खुल्न सकेन । उनको मस्तिष्कले पनि काम गर्न छाडेको थियो । राजु सन् २०१४ मा बीजेपी पार्टीमा प्रवेश गरेका थिए । उनी, दिल्लमा बीजेपीका नेताहरुलाई भेट्न पुगेका थिए ।

विशेषगरि, स्टेज कमेडीमा राजु चर्चित थिए । उनको परिवारमा पत्नी शिखा, छोरी अन्तरा, छोरा आयुष्मान, दाजु सीपी श्रीवास्तव, भाई दीपू श्रीवास्तव र भतिज मयंक र मृदुल थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *