सन्तोष र प्रदीपलाई दीपकको प्रश्न–‘घर नै नरहे कहाँ बस्छौं साथी ?

४ असोज २०७९ १२:००

बरिष्ठ कलाकार सरोज खनालमाथि अभद्र टिप्पणी गरेपछि निर्माता सन्तोष सेन र नायक प्रदीप खड्कामाथि कलाकार दीपकराज गिरीले प्रश्न सोझाएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले प्रदीप र सन्तोषलाई साइबर सेना लगाएर बरिष्ठ कलाकारहरुमाथि तथानाम बोल्न लगाएको आरोप समेत लगाएका छन् ।

दीपकराजले लेखेका छन्–‘सबैलाई गाली गरेरै चलचित्र चलाउने हो ? यति राम्रो हाइप हुँदाहुँदै के गर्या यो ? आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफू मात्रै राज गर्ने हो ? घर नै नरहे कहाँ बस्छौं साथी ? जे जे गर्यौ महान काम गर्यौ । तर, हिन्दी भाषाको नियम अनुसार कर तिर । बरु राम्रो कामका लागि नेपाली भाषाको चलचित्रमा अतिरिक्त छुट माग सक्किगो त ।’

उनले, सन्तोष र प्रदीपको यति ठूलो अन्याय आफूले सहेर बस्न नसकेको पनि उल्लेख गरेका छन् । दीपक अगाडि लेख्छन्–‘साथीहरुले कसरी सहेर बसे, मैले सकिन माफ पाउँ । हरेक दिन मिडियामा आएर हंगामा मच्चाउने किन ? आफ्ना सेना तथा समर्थकलाई सभ्य हुन सिकाऔं साथी । तपाइको चलचित्र चल्दा हामी कसैलाई वेफाइदा छैन । तपाइको बजार बढ्दा भोली मैले पनि कमाउने बाटो खुल्छ । फाइदा नै छ । सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौं । होइन भने एकले अर्कोलाई नसकौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *