‘२ नम्बरी’को शिर्ष गीत भुषणले तयार पारे

४ असोज २०७९ ११:५३

असोजको २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ नम्बरी’को शिर्ष गीत भूषण खतिवडाले तयार पारेका छन् । यो फिल्मको शिर्ष गीतमा भूषणकै शब्द, संगीत र स्वर रहनेछ । निर्माणपक्षले चलचित्रको शिर्ष गीत तयार पार्न भन्दै प्रतियोगीता नै आयोजना गरेको थियो । भूषणले ५० हजार नगद समेत जितेका छन् ।

रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रको टिजरले लोकप्रियता कमाइसकेको छ ।

दीपक मनाङ्गे, अमलादेवि राई र जयश श्रेष्ठको लगानी रहेको चलचित्र कार्यकारी निर्माता सरोज नेपाली हुन् । यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *