दोश्रो शनिबार १५ करोड कमाउँदै २ सय करोड क्लबमा ‘ब्रम्हास्त्र’

२ असोज २०७९ १२:३३

हिन्दी चलचित्र ‘ब्रम्हास्त्र’ २ सय करोड क्लबमा प्रवेश गरेको छ । यो चलचित्र आज आइतबारबाट २ सय करोड क्लबमा प्रवेश गरेको हो । दोश्रो साताको शुक्रबार र शनिबार चलचित्रले बम्पर कमाई गर्यो । चलचित्रले दोश्रो साताको शुक्रबार ९.५० करोड र शनिबार १५ करोडको व्यापार गर्यो । चलचित्रले ९ दिनमा १९७ करोडको व्यापार गरेको छ । चलचित्रले आज आइतबार २ सय १५ करोडको कुल आँकडा पार गर्ने अपेक्षा गरिएको छ ।

चलचित्रले हिन्दी भाषामा १७८ र अन्य भाषामा २० करोडको व्यापार गरेको हो । योसँगै यो बर्ष सर्वाधिक व्यापार गर्ने चलचित्रको रेकर्ड समेत यो चलचित्रले बनाएको छ ।

अयान मुखर्जीको निर्देशनमा तयार भएको यो चलचित्रमा रनवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, मौनी रोय मुख्य भूमिकामा छन् । चलचित्रमा नायक साहरुख खान र नागार्जुना विशेष भूमिकामा छन् ।

यो चलचित्रको दोश्रो पार्ट ‘देवा’ सन् २०२५ मा रिलिज हुने निर्देशकले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *