के प्रभाष र कृति डेटमा छन् ?

२ असोज २०७९ १२:२५

भारतीय मिडियामा कलाकारहरुले एकसाथ चलचित्रमा काम गरेपछि प्रेमको खबर सुरु हुन थाल्दछ । अझ, चलचित्र चलाउनका लागि भएपनि उनीहरुविच प्रेमको हल्ला व्यापक चलाइन्छ ।

नायिका कृति सेनन र नायक प्रभाषविच पनि प्रेम रहेको खबर मिडियामा फैलन थालेको छ । यो हल्ला सुरु भएको हो, करण जोहरको चर्चित कार्यक्रम ‘कफि विथ करण’बाट । यो शोमा अतिथी बनेर पुगेकी नायिका कृति सेननलाई करणले नजिकको मान्छेलाई फोन गर्न भने । कृतिले नजिकको मान्छे भन्दै प्रभाषलाई फोन गरिन् । यसपछि, उनीहरुले लामो समय कुराकानी पनि गरे ।

यहीबाट नै कृति र प्रभाषविच प्रेम रहेको खबर उनीहरुको फ्यानमाझ फैलन थालेको हो । यी दुइले चलचित्र ‘आदिपुरुष’मा एकसाथ काम गरिरहेका छन् । यही चलचित्रको छायांकन सेटबाट नै दुई कलाकार नजिक भएको खबर फैलन थालेको हो ।

ओम राउतको निर्देशनमा बनिरहेको यो चलचित्र महाकाव्य रामायणमाथि आधारित छ । ५ सय करोडको बजेटमा तयार भैरहेको चलचित्रमा प्रभाष रामम र कृति सीताको भूमिकामा देखिदैछन् । चलचित्रमा सैफअली खान रामायणको भूमिकामा देखिदैछन् । यो चलचित्र सन् २०२३ को जनवरी १२ तारिखमा रिलिज हुँदैछ । चलचित्रलाई हिन्दी, तेलुगु, तमिल र कन्नड भाषामा रिलिज गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *