प्रदीपले किन मागे भुवन केसीको राजीनामा ?

२ असोज २०७९ ५:५३

नायक प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा माग गरेका छन् । उनले, शनिबार आयोजना भएको पत्रकार सम्मेलनमा बोर्ड अध्यक्षले आफूहरुको चलचित्र ‘प्रेमगीत ३’लाई सक्नका लागि खेल खेलेको भन्दै राजीनामा माग गरेका हुन् । उनले, राजालाई त फालेको यो देशमा बोर्ड अध्यक्षको पद स्थायी नभएको चेतावनी दिए ।

चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’लाई लक्षित गर्दै रातको ११ बजेपछि हल चलाउन नपाइने नियम ल्याएको भन्दै प्रदीपले बोर्ड अध्यक्षले अरुको कुरा सुनेको आरोप लगाए । उनले, आफ्नो स्वविवेक भन्दा अरुको कुरा सुन्ने बोर्ड अध्यक्ष पदमा रहनुपर्छ भन्ने नरहेको पनि स्पष्ट पारे ।

चलचित्र विकास बोर्डले भदौको ३० गते एक सूचना निकाल्दै रातको ११ बजे र बिहान ६ बजे अगाडि शो राख्न नपाइने र राख्नु परेको खण्डमा जिल्ला प्रशासन कार्यलयबाट अनुमति लिएर राख्नुपर्ने उल्लेख गरेको छ । हुनत, यो नियम यसभन्दा अगाडि पनि लागू भैसकेको हो ।

चलचित्र ‘केजीएफ २’ रातको १ बजे बोर्डको अनुमति बिना नै प्रदर्शन गरेको भन्दै ३ वटा हललाई स्पष्टिकरण सोधिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *