मुस्ताङबाट सुरु भयो ‘अन्तिम सस्कार’को छायांकन

१ असोज २०७९ ७:३०

शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम सस्कार’को मुक्तिनाथ मन्दिरमा शुभसाइत गर्दै छायांकन सुरु गरिएको छ ।

सांकृतिक तथा सामाजिक कथामा तयार हुने यो चलचित्रको छायांकनका लागि कलाकार बिजय लामासहितको टोली मुस्ताङ पुगेको हो । करिब ४० प्रतिशत छायांकन सकेर टोली काठमाडौं फर्किनेछ । मुस्ताङको जोमसोम, मार्फा, कागबेनी, मुक्तिनाथ क्षेत्रमा चलचित्रको छायांकन हुने निर्माता विनोद सुवेदी खत्रीले जानकारी दिए ।

प्रदीप शाहीको निर्देशनमा तयार हुने चलचित्रमा दिया पुन, कृष्णभक्त महर्जन, यमनराज उप्रेती, श्याम राई, शारदा गिरी लगायतको अभिनय छ । बाबु श्रेष्ठको छायांकन चलचित्रमा रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *