धिरेनसँग गुनासो गर्दै उषा

१ असोज २०७९ ७:२०

अमेरिकामा रहेर पनि गायिका रानी शाक्य र गीतकार राजेश शाक्यले नेपाली गीतसंगीतलाई निरन्तर माया गरिरहेका छन् । उनीहरुले एकपछि अर्को गीत दर्शक तथा श्रोतामाझ दिइरहेका छन् । गीतसंगीतको क्षेत्रमा दर्शकमाझ राम्रोसँग परिचित बनिसकेकी गायिका रानी शाक्यले फेरि नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

उनको नयाँ गीत ‘म गुनासो के को गरुँ’मा मन भित्र गुम्सिएका भावनाहरु पोखिएका छन् । यो गीतमा राजेश शाक्यको शब्द र कल्याण सिंहको संगीत छ । गीतकार शाक्यले गीतको माध्यमबाट कसैको पीडालाई व्यक्त गर्ने काम गरेका छन् ।

गीतको भिडियोमा नेपाली चलचित्र क्षेत्रका सफल नायक धिरेन शाक्यले पूर्व मिस नेपाल उषा खड्गीसँग अभिनय गरेका छन् । भिडियोमा धिरेनसँग बिताएका पलहरु संझिएर उषाले आँशु बगाएको देख्न सकिन्छ ।

गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाँइको छायांकन, माधव वेलवासेको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *