दक्षिण कोरियामा बिक्यो ‘बाबरी’, बिदेशमा उच्च माग

३१ भदौ २०७९ ९:५९

सुरेन्द्र पौडेलको कथा, सम्पादन र निर्देशनमा तयार भएको चलचित्र ‘बाबरी’ असोजको १४ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा धिरज मगर, अदिती वुढाथोकी र धिरज नाडकरको मुख्य भूमिका छ ।

यो चलचित्रको बिदेशमा माग बढिरहेको छ । अष्ट्रेलिया र हङकङमा यो चलचित्रको अधिकार विक्री भैसकेको छ । अब, यो चलचित्रको दक्षिण कोरिया अधिकार पनि विक्री गरिएको निर्माणपक्षले बताएको छ ।

केटिएम टू सियोल नामक कम्पनीका सिइओ यूविन श्रेष्ठले यो चलचित्रको दक्षिण कोरिया अधिकार किनेका हुन् । यो चलचित्र दक्षिण कोरियोमा पनि असोज १४ गतेबाट नै रिलिज हुनेछ ।

नेपाली चलचित्रका निर्माताका लागि नेपालका हलको शेयर मात्र मुख्य आम्दानी हुन छाड्नुको मुख्यकारण ओभरसिज राइट्स पनि हो । डिजिटल र ओभरसिजमा महंगो रकममा चलचित्र विक्री हुन थालेपछि निर्मातालाई केही राहत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *