‘थ्यांक गड’को गीतमा सिद्धार्थसँग हट नोरा

३१ भदौ २०७९ ८:३७

यो बर्षको तिहारमा हिन्दी चलचित्र ‘थ्यांक गड’ रिलिज हुँदैछ । यो चलचित्रमा अजय देवगण, सिद्धार्थ मल्होत्रा मुख्य भूमिकामा छन् ।

यो चलचित्रको ट्रेलरलाई दर्शकले रुचाइसकेका छन् । अब, चलचित्रमा समावेश ‘मानिके’ बोलको गीत सार्वजनिक गरिएको छ । जहाँ, चलचित्रका मुख्य नायक अजय देवगण र सिद्धार्थ मल्होत्रालाई देख्न सकिन्छ ।

साथमा, यो गीतको भिडियोमा नायिका नोरा फतेहिको हट डान्स हेर्न सकिन्छ । चलचित्रले एक मानिसको अनेक रुपलाई प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *