‘छक्का पन्जा ४’ तिहारमा नआउने, फागुण १९ मा पक्का

३१ भदौ २०७९ ३:४०

बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा ४’को प्रदर्शन मिति फाइनल गरिएको छ । यो चलचित्रलाई यसको निर्माणपक्षले तिहारमा ल्याउने तयारी गरेको थियो । तर, तिहारसम्म चलचित्रको पूर्ण काम नसकिने र हतारमा रिलिज गर्नुपर्ने अवस्था आएपछि निर्माणपक्षले नयाँ प्रदर्शन मिति तय गरेको हो । अब, यो चलचित्र फागुपूर्णिमाको अवसर पारेर फागुणको १९ गते रिलिज हुने पक्का भएको छ ।

निर्माता तथा कलाकार दीपकराज गिरीले सबैको आर्शिवादको अपेक्षा गरेको उल्लेख गरेका छन् । यो मितिमा यसअघि नै चलचित्र ‘परस्त्री, बर एन्ड बधु, बुलाकी’ आउने पक्का भैसकेको छ । यसअर्थमा, यदि पूर्व घोषित प्रदर्शन मितिलाई ३ चलचित्रका निर्माताले हेरफेर गरेनन् भने यो मितिमा ४ वटा चलचित्र रिलिज हुनेछन् ।

हेमराज वीसीको निर्देशनमा तयार भएको यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी लगायतका कलाकारको अभिनय छ । चलचित्रको बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाउने आशा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *