जय नेपाल हलको कम्पाउन्ड खोतल्दा भेटियो टुकुचा खोला(भिडियो)

३० भदौ २०७९ १३:२१

काठमाडौं महानगरपालिकाले जय नेपाल हलको कम्पाउन्डभित्र डोजर चलाउँदा टुकुचा खोला उत्खनन गरेको छ ।

महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खनेको थियो । १५ फिट खन्दा टुकुचा खोला भेटिएको हो । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यो क्षेत्रमा पुगेपछि हराएको थियो ।

स्थानीय बासिन्दाहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खनन गर्न माग गर्दै आएका थिए । महानगरले साउन १२ गते सूचना नै जारी गर्दै टुकुचाको अतिक्रमण हटाउन निर्देशक दिएको थियो । तर, सूचनाको म्याद सकिएपछि पनि कुनै काम नभएपछि महानगर आफैले अतिक्रमण क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *