‘बाबरी’को तेश्रो गीत ‘मायाका रंगहरु’ सार्वजनिक, धिरज र अदितीको छल्कियो प्रेम

३० भदौ २०७९ ११:५१

असोजको १४ गतेबाट रिलिज हुन लागेको नेपाली चलचित्र ‘बाबरी’को तेश्रो गीत ‘मायाका रंगहरु’ सार्वजनिक भएको छ । आज युट्युबमा सार्वजनिक गरिएको यो गीतमा सनुप पौडेल र रचना रिमालको स्वर, कालीप्रसाद बाँस्कोटाको शब्द तथा संगीत छ । यो गीत कर्णप्रिय छ ।

गीतको अडियो सुन्दा यो गीत विस्तारै हिट हुनसक्छ । गीतको भिडियोमा चलचित्रका मुख्य २ कलाकार नायिका अदिती वुढाथोकी र नायक धिरज नाडकरलाई फिचरिङ गरिएको छ । चलचित्रमा नायक धिरज मगर पनि मुख्य भूमिकामा छन् ।

यो चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन, कथा र निर्देशन छ । चलचित्रमा पुष्पलता वुढाथोकी र गणेश वुढाथोकीको लगानी छ । चलचित्रमा सिजन दाहाल, रित बोहरा, किशोर नेपाल र मनोज त्रिपाठीको लेखन छ । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, अन्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी छ ।

यो चलचित्रमा समावेश अघिल्ला २ गीत सुपरहिट भैसकेका छन् । यसैले, पनि यो चलचित्रको बक्स अफिस कलेक्शनमा यसका गीतसंगीतले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *