‘लण्डन टु पेरिस’ फागुण ५ बाट रिलिजमा आउने

३० भदौ २०७९ ११:४१

चलचित्र ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति तय गरिएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, यो चलचित्र फागुणको ५ गतेबाट रिलिज हुने पक्का भएको छ । वितरकसँग सल्लाहा गरेर प्रोडक्शन कम्पनी एबी प्रोडक्शनले प्रदर्शन मिति फाइनल गरेको हो । यो मितिमा चलचित्र ‘परदेशी २’ रिलिज हुने पक्का भैसकेको छ ।

घनश्याम लामिछानेको निर्देशनमा तयार भएको यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, कविर खड्का र नव–नायक निश्चल खड्काको मुख्य भूमिका छ । यो चलचित्रको केही भाग छायांकन बाँकी रहेको निर्माण कम्पनीले जानकारी दिएको छ । बेलायत र फ्रान्समा छायांकन गरिएको यो चलचित्रले यात्रामा हुने प्रेमको कथा भन्छ ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको निरन्तर फ्लप चलचित्रको श्रृङ्खलालाई रोक्नुपर्ने दबाब यो चलचित्रमाथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *