न्यूड फोटोबारे रणवीरको बयान–‘मैले अन्डरवेयर लगाएको थिएँ’

३० भदौ २०७९ ९:३५

बलिउड नायक रणवीर सिंहले न्यूड फोटोसुट गराएपछि हंगामा नै भयो । रणवीरको न्यूड फोटोसुटले हंगामा मात्र मच्चाएन, भारतका थुप्रै स्थानमा विरोध पनि भयो ।

यस्तै, उनको विरुद्धमा उजुरी समेत परेको थियो । उनै, रणवीरले प्रहरी समक्ष आफ्नो बयान दिदै आफ्नो फोटोलाई गलत तरिकाले प्रयोग गरिएको दाबी गरेका छन् । उनले, आफूले फोटोसुटका क्रममा अन्डरवेयर लगाएको दाबी गरेका थिए ।

रणवीरले सामाजिक संजालमा आफूले पोष्ट गरेको तस्वीरमा पनि अन्डरवेयर लगाएको तर कसैले त्यसलाई गलत तरिकाले फोटोसप गरेको उनको भनाई छ । सार्वजनिक एउटा फोटोमा उनको गोप्य अंग समेत देखाइएको छ, जुन गलत भएको उनको भनाई छ ।

रणवीरको बयानपछि प्रहरीले फोटोको वास्तविकता चेक गर्नका लागि फोरेन्सिकमा पठाएको छ । जाँच पश्चात मात्र फोटोमाथि गलत काम गरिएको थियो या वास्तवमै फोटो न्यूड थियो भन्ने थाहा हुनेछ । रणवीरले फोटोसुटका क्रममा लिइएका सबै तस्वीर प्रहरीलाई वुझाएका छन् ।

जुलाई २२ तारिखमा रणवीरले पेपर म्यागेजिनका लागि फोटोसुट गराएका थिए । उनले सामाजिक संजालमा फोटो पोष्ट गरेसँगै उनीविरुद्ध मुम्बई प्रहरीमा उजुरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *