६ दिनमै ‘ब्रम्हास्त्र’ले कमायो १६४ करोड

३० भदौ २०७९ ७:०४

बलिउड चलचित्र ‘ब्रम्हास्त्र’ले रिलिजको ६ दिनमै १६४ करोड बढी नेट कलेक्शन भारतीय बक्स अफिसबाट गरेको छ । सुरुवाती ३ दिनमा नै बम्पर व्यापार गरेको चलचित्रले त्यसपछि पनि २ डिजिटको कारोबार गरिरहेको छ ।

चलचित्रले शुक्रबार ३७.५० करोड, शनिबार ४२.५० करोड, आइतबार ४५ करोडको व्यापार गरेको थियो । यस्तै, चलचित्रले सोमबार १६.४० करोड, मंगलबार १२.५० करोड, बुधबार १०.५० करोडको व्यापार गरेको छ । चलचित्रले आज ९ करोड हारहारीको व्यापार गर्ने अनुमान गरिएको छ । चलचित्रले दोश्रो साताको विकेन्डमा २०० करोडको क्लब पार गर्नेछ ।

अयान मुखर्जीको निर्देशनमा तयार भएको यो चलचित्रका लागि सेप्टेम्बर ३० मा रिलिज हुने ‘विक्रम बेधा’ अगाडि कुनै पनि ठूलो हिन्दी चलचित्र नहुनुको फाइदा छ ।

रनवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, मौनी रोय चलचित्रको मुख्य भूमिकामा छन् । नायक साहरुख खान र साउथ स्टार नागार्जुनाको चलचित्रमा विशेष भूमिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *