नम्रताको ‘नारी’ सार्वजनिक

३० भदौ २०७९ ६:५७

नायिका नम्रता श्रेष्ठ अभिनित ‘नारी’ बोलको र्‍याप गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको उक्त गीतमा प्रज्वल श्रेष्ठको म्यूजिक, मिक्सिङ र मास्टरिङ छ भने शब्द रचना गायक श्रेष्ठ र सेडी पोपाटको छ । गीतमा र्‍याप गायन श्रेष्ठ र पोपाट दुवैको छ ।

नयाँ बानेश्वरमा रहेको अडियो र भिडियो उत्पादक कम्पनी मुनस्टोन प्रोडक्सनले निर्माण गरेको गीतको भिडियोमा नम्रतासँगै आशिष मगर र यूनिका केसीले अभिनय गरेका छन् । महिलामाथि हुने घरेलू हिंसाको कथामा निर्माण भएको भिडियोमा नम्रताले जीवन्त अभिनय गरेकी छन् । आफूमाथि हुने कुनै पनि प्रकारको हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश भिडियोले दिन्छ ।

गीत सार्वजनिक कार्यक्रममा अभिनेत्री नम्रताले आफूमाथि भएको हिंसा सहेर बस्न नहुने धारणा राखिन् । उनले गाउँमा मात्र नभइ महिलामाथि हुने घरेलू हिंसा शहरमा पनि उतिक्कै रहेको र आफूले पनि साथी(भाई र आफन्तमा त्यस खालको हिंसा भएको देखेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *