‘के घर के डेरा’को टिजरः घर खोज्दै र लुकाउँदै दया र विपिन
३० भदौ २०७९ ५:४७
निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘के घर के डेरा’को निर्माणपक्षले टिजर सार्वजनिक गरेको छ । कार्तिक ४ गतेबाट रिलिज हुन लागेको चलचित्रको टिजर कमेडी शैलीमा तयार पारिएको छ । जहाँ, नायक दयाहाङ राई र विपिन कार्की घर खोज्दै र घर लुकाउँदै गरेको अवस्थामा देखिएका छन् । दयाको जोडीको रुपमा नायिका सुरक्षा पन्त र विपिनको जोडीको रुपमा नायिका वर्षा राउत देखिएका छन् ।
विपिनको भूमिका अझ विशेष छ । उनले, यो फिल्ममा फेरि आफूलाई नयाँ अवतारमा ढालेका छन् । यो चलचित्रमा रविन्द्र झा, आशान्त शर्मा, लक्ष्मी गिरी, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी, कोशिश क्षेत्री र आयुषी ढकाललाई पनि हेर्न सकिन्छ ।
सिंगे लामाको कथा रहेको चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनको लगानीमा बनेको चलचित्रका कार्यकारी निर्माता यूवराज कार्की हुन् । दिर्घ गुरुङको छायांकन रहेको चलचित्रमा दिर्घ खड्काको सम्पादन छ । चलचित्रमा शंकर थापा, कोशिश क्षेत्रीको संगीत छ ।