बाल दिवसमा ४० बालबालिकालाई सुहानाले देखाइन् ‘ऐना झ्यालको पुतली’

२९ भदौ २०७९ १३:४८

राष्ट्रिय बाल दिवसको दिन नायिका सुहाना थापाले बुढालिनकण्ठमा रहेको ‘माउन्टेन चिल्ड्रेन होम’मा रहेका अनाथ बालबालिकालाई चलचित्र ‘ऐना झ्यालको पुतली’ देखाएकी छिन् । काठमाडौंको बीग मुभिजमा होमका ४० बालबालिकाको साथमा सुहाना चलचित्र हेर्न पुगेकी थिइन् ।

यो होमका बालबालिकाले यसअगाडि सुहानाले नै अभिनय गरेको चलचित्र ‘ए मेरो हजुर ४’ पनि हेरेको जानकारी दिए ।

सुजित बिडारी निर्देशित चलचित्रले २ बालबालिकाको कथा भन्छ । चलचित्रले बालबालिकाको चञ्चलता, झगडा, चाहना र समस्याको कुरा गर्छ । डेढ घन्टा लामो चलचित्रले आफूलाई पनि बाल्यकालमा लगेको भन्दै सुहानाले सबैले हेर्नुपर्ने चलचित्र बनेको बताइन् ।

यो चलचित्र भदौको २४ गतेबाट रिलिज भैरहेको छ । चलचित्रलाई दर्शकले मन पराइरहेका छन् । सुहानाले चलचित्रमा देखाए जस्तो बाल्यकाल आफूले नबिताएको भन्दै शहरमा बस्ने यूवायूवतीले त अझ यो चलचित्र हेर्न आवश्यक रहेको बताइन् ।

बालबालिकाको मनोविज्ञान बोलेकाले पनि आफूले यो चलचित्र रोजेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *