नेपाली बालिका बारिसाको फ्यान भइन् रश्मीका मन्दना

२९ भदौ २०७९ ९:५४

साउथकी सुपरस्टार नायिका रश्मीका मन्दनाले आफ्नो गीतमा नृत्य गर्ने नेपाली बालिका बारिसा क्षेत्रीलाई भेट्ने चाहना राखेकी छिन् । बारिसाले शुक्रबार विद्यालयमा आयोजना भएको अतिरिक्त क्रियाकलापका क्रममा रश्मीकाको मुख्य भूमिका रहेको चलचित्र ‘पुष्पाः द राइज’को ब्लकबस्टर गीत ‘सामी सामी’मा नृत्य गरेकी थिइन् ।

यो गीतको भिडियो सामाजिक संजालमा हेरेपछि रश्मीका उत्साहित बनेकी हुन् । उनले ट्विट गर्दै बालिकासँग भेट्ने इच्छा राखेकी हुन् ।

उनले लेखेकी छिन्–‘यो भिडियोले मेरो दिन नै बनाइदियो । म यी ब्यूटिफूल बालिकालाई भेट्न चाहन्छु । तर, कसरी ?’

रश्मीकाको यो ट्विटलाई उनका प्रशंसक र नेपाली फ्यानले निक्कै रुचाएका छन् । बारिसा हेटौडाको रसल एकेडेमीमा अध्ययनरत छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *