आर्यन र उपासनाले सुरु गरे ‘डिसेम्बर फल्स’को बाँकी छायांकन

२९ भदौ २०७९ ६:३०

पहिलो चरणको लकडाउन लगतै पोखराबाट सुरु भएको चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन विचमै रोकिएको । ८० प्रतिशत भन्दा बढी छायांकन भएपछि यो चलचित्रको काम रोकिदा अन्यौल पनि भयो ।

यो बिचमा नायिका उपासना सिंह ठकुरीले नयाँ चलचित्र ‘२ नम्बरी’को छायांकन पनि भ्याइन् । उपासनाको यो चलचित्र असोजको २१ गतेबाट रिलिज हुँदैछ ।

अब, भने उपासनाको रोकिएको चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन सुरु भएको छ । विगत ४ दिनदेखि यो चलचित्रको छायांकन काठमाडौंमा भैरहेको छ । चलचित्रमा नायक आर्यन सिग्देल, उपासना सिंह ठकुरी र नरेश भट्टराई मुख्य भूमिकामा छन् ।

चलचित्रलाई लभ स्टोरी कथामा लक्ष्मण रिजालले निर्देशन गरिरहेका छन् । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *