‘धड्कन २’को मुख्य भूमिकामा संचिता, ५ जना नयाँ कलाकार

२९ भदौ २०७९ ६:२२

निर्देशक नरेश पौड्यालको हिट चलचित्र ‘धड्कन’को सिरिज बन्दैछ । मौनता श्रेष्ठले यो चलचित्रको कथा लेखिरहेका छन् । चलचित्र ‘धड्कन २’का लागि मुख्यउ भूमिकामा नायिका संचिता लुइटेललाई अनुवन्धित गरिएको निर्देशक नरेश पौड्यालले जानकारी दिए । उनले भने–‘हाम्रो कागजी संझौता भएको छैन । संचिता पोखराबाट फर्किएपछि संझौता गर्छौ । तर, चलचित्रको मुख्य कलाकार नै संचिता हुन् ।’

उनले, यो चलचित्रमा सुरेश अधिकारीको संगीत रहने बताए । चलचित्रको छायांकन नेपालगञ्जमा माघमा सुरु गरिनेछ । सबै छायांकन नेपालगञ्जमा नै सक्ने उनको योजना छ ।

यसपटक चलचित्रलाई क्राइम लभ स्टोरी कथामा निर्माण गर्न लागिएको निर्देशकको भनाई छ । चलचित्रका लागि मुख्य ३ नायिका र २ नायक अडिसनबाट फाइनल गरिनेछ । सह–कलाकार भने दर्शकले चिनेका नै हुने उनले बताए ।

एक दशक अगाडि रिलिज भएको चलचित्र ‘धड्कन’ले सुपरहिटको व्यापार गरेको थियो । चलचित्रमा निखिल उप्रेती, रमित ढुंगाना, रेखा थापा, अरुणीमा लम्सालको मुख्य भूमिका थियो । तर, यसको सिरिजमा भने पुराना कलाकार कोही पनि नहुने नरेश बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *