पल प्रकरणमा पीडित नाबालिकाको बयान–‘१० लाख लिने मेरो मनसाय छैन’

२९ भदौ २०७९ ६:०५

एक नाबालिका गायिकाले बलात्कारको उजुरी दिएपछि प्रहरीसमक्ष आत्मसर्मपण गरेका नायक पल शाह प्रहरीको हिरासतमा छन् । उनलाई जिल्ला अदालत, नवलपुरले साढे २ बर्षका लागि हिरासतमा राख्न आदेश दिइसकेको छ । अब, जिल्ला अदालत तनहुँको आदेश आउन बाँकी छ ।

जिल्ला अदालत, नवलपुरले पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतीपूर्ती दिन पनि आदेश दिइसकेको छ । योसँगै सामाजिक संजालमा पीडित बालिकामाथि तथानाम गाली गलौज पनि आइरहेको छ ।

उनले, सामाजिक संजालमा एक स्टाटस लेख्दै आफूले क्षतिपूर्ती वापत पाएको रकम नलिने बताएकी छिन् । उनले, आफूले कुनै पनि रकम माग नगरेको र त्यो नलिएको पनि उल्लेख गरेकी छिन् । उनले आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा सधै नै अडिग रहेको उल्लेख गरेकी छिन् ।

उनले, विगत लामो समयदेखि आफूले एउटा दुःखद घटना भोगिरहेको र उक्त घटना नेपालको कलाकारीता क्षेत्रका निम्ती नै दुःखद भएको बताएकी छिन् । उनले, सामाजिक संजालमा आफ्ना विरुद्ध बनेका लज्जास्पद तस्वीर र गालीगलौजले आफ्नो दिमागमा ठूलो असर गरेको पनि बताएकी छिन् । पीडित गायिकाले यो घटनालाई आफ्नै घरको घटना संझिएर यो समस्यालाई नियालिदिन पनि आग्रह गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *