नम्रताको गुनासो–‘नाजिरसँग नाम नजोडिदिनुहोला’

२८ भदौ २०७९ ११:१५

नायिका नम्रता श्रेष्ठले आफू र नायक नाजिर हुसेनविच प्रेम सम्बन्ध नरहेको स्पष्ट पारेकी छिन् । आज आयोजना भएको ‘नारी’ बोलको गीत रिलिज कार्यक्रममा बोल्दै नम्रताले आफू र नाजिर हुसेनविच कहिले पनि प्रेम सम्बन्ध नरहेको स्पष्ट पारिन् । उनले, नाजिर आफ्नो मिल्ने साथी भने भएको बताइन् ।

उनले, आफ्नो करिअरमा चलचित्र असफल हुँदा केही घाटा भएको स्विकार गरिन् । उनले, चलचित्र असफल हुँदा नराम्रो लाग्ने गरेको पनि स्पष्ट पारिन् । उनले भनिन्–‘चलचित्रको काम दुइको दिनको मात्र हुँदैन, बर्षौ समय लाग्छ । तर, असफल हुँदा निराश भने पक्कै भँइदो रहेछ । तर, मैले हरेश खाएकी छैनँ । अझै राम्रो गर्छु भनेर अगाडि बढेको छु ।’

नम्रताले लकडाउनपछि जीममा नै बढी समय बिताएकी छिन् । एक नयाँ चलचित्रका लागि आफूले जीममा बढी समय दिएको उनको तर्क छ । उनले, आफू एक्सन भूमिकामा देखिन लागेकाले पनि जीममा बढी समय बिताएको स्पष्ट पारिन् ।

नम्रताले चलचित्र ‘गाँठो’मा नायक हुसेनसँग काम गरेकी थिइन् । त्यसपछि, यी दुइको प्रेम सम्बन्धको चर्चा सुरु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *