सोमबार १६ करोडमा खुम्चियो ‘ब्रम्हास्त्र’को व्यापार

२८ भदौ २०७९ ८:५०

शुक्रबारदेखि रिलिजमा आएको बलिउड चलचित्र ‘ब्रम्हास्त्र’ले विकेन्डमा बम्पर कमाई गर्यो । शुक्रबार, शनिबार र आइतबार गरि चलचित्रले भारतीय बक्स अफिसमा १२५ करोडको नेत कलेक्शन गरेको थियो ।

तर, सोमबार भने चलचित्रको व्यापारमा भारी गिरावट आएको छ । यो चलचित्रले सोमबार १६.४० करोडको व्यापार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । तीन दिनको बम्पर व्यापारका कारण पनि चलचित्रको सोमबारको व्यापारका ५५ प्रतिशतले गिरावट आएको हो ।

यो चलचित्रले ४ दिनमा भारतीय बक्स अफिसमा १४१.६० करोडको नेट कलेक्शन गरेको छ । ४ दिनमा १६६ करोडको ग्रस कलेक्शन यसले बक्स अफिसमा गरेको छ ।

चलचित्रले एक सातामा २ सय करोड नजिकको व्यापार गर्ने अनुमान गरिएको छ । अयान मुखर्जीको निर्देशनमा तयार भएको चलचित्रमा रनवीर कपुर, आलिया भट्ट, अमिताभ बच्चन, मौनी रोयको मुख्य भूमिका छ । साहरुख खान र नागार्जुन चलचित्रमा केमियो भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *