किन सामाजिक संजालबाट टाढा भइन् पूजा ?

२८ भदौ २०७९ ८:४५

नेपाली चलचित्रकी सफल नायिका पूजा शर्मा पछिल्लो रिलिज चलचित्र ‘सम्हालिन्छ कहिले मन’ हलमा लागेपछि केही दिन दौडाहा थिइन् । हलमा पुगेर दर्शकको प्रतिक्रिया लिएकी पूजा पाँचौ दिनसम्म दौडधुपमा थिइन् ।

तर, त्यसपछि सामाजिक संजालमा उनले केही निराशाजनक स्टाटस लेखिन् । उनले, आफूलाई नराम्रो बनाउन र आफूलाई कमजोर बनाउन किन मानिसहरु लागिपरेका छन् भन्दै स्टाटस लेखिन् । त्यसपछि भने पूजा सामाजिक संजालबाट टाढा छिन् ।

उनले, फेसबुक पेज, इन्स्टाग्राम र टिकटक सबै मोबाइलबाट हटाएकी छिन् । सबै एपहरु अनस्टल गरेर पूजा नयाँ चलचित्रको तयारीमा लागेकी छिन् ।

नायक अनमोल केसीसँग पूजा नयाँ चलचित्र बनाउने तयारीमा छिन् । सुदर्शन थापाले निर्देशन गर्ने चलचित्रको कथा धमाधम लेख्ने काम भैरहेको छ । योसँगै पूजा रेष्टुरेन्ट व्यवसायमा पनि सक्रिय हुँदैछिन् । उनले, झम्सिखेलमा रेष्टुरेन्ट व्यवसाय सुरु गर्दैछिन् । यी सबै कुरामा ध्यान दिन उनी सामाजिक संजालबाट टाढा भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *