बलिउड मोडल सुफियासँग ‘सायरा’मा रोमान्स गर्दै आर्यन

२८ भदौ २०७९ ८:३९

नायक आर्यन सिग्देलले चलचित्र ‘सायरा’मा बलिउड कलाकार सुफिया सिद्दिकीसँग रोमान्स गर्ने भएका छन् । आज आयोजना भएको पत्रकार सम्मेलनमा नेपाली र हिन्दी भाषामा यो चलचित्र बनाउन लागिएको जानकारी दिइएको थियो ।

चलचित्रलाई ९० प्रतिशत अष्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन गरिनेछ । चलचित्रको छायांकन दशैंपछि सुरु हुने जानकारी दिइयो । चलचित्रमा आर्यन र सुफियाको साथमा डान्सर कविता नेपालीको पनि मुख्य भूमिका छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्रको घोषणा गरेका थिए ।

डीबीआर मिडिया एन्ड मुभी प्रालिको प्रस्तुति र अष्ट्रेलियाको आइविल प्रोडक्शनको निर्माण सहकार्यमा बन्ने चलचित्रमा रघु परियारको प्रस्तुति रहनेछ । चलचित्रका कार्यकारी निर्माता काजीमान अत्रेय र निर्माता पुष्कर झा छन् । चलचित्रमा रघुकै कथा छ ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यो फिल्मलाई शुभकामना दिए । उनले, विश्व बजारमा नेपाली चलचित्र पुग्नुपर्ने भन्दै ‘सायरा’ले ठूलो व्यापार गर्ने आशा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *