‘कमेडी क्लब विथ च्याम्पियन्स’को लोकप्रियता बढ्दो, फिल्म प्रमोशनको हब बन्दै

२८ भदौ २०७९ ३:४०

नेपालमा चलचित्रको प्रमोशनका लागि धेरै विकल्प छैनन् । भारतमा जस्तो विभिन्न टेलिभिजन कार्यक्रमहरु यहाँ छैनन् । भएका पनि निक्कै कम मात्र लोकप्रिय छन् । यसकारण, घर घरमा पुग्नका लागि चलचित्रकर्मीले कमै मात्र प्लेटफर्म पाएका छन् । यसैविच, केही दिन अगाडि मात्र २६ औं भागको सफलता केक काटेको लोकप्रिय कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ भने चलचित्रकर्मीका लागि प्रमोशनको हब बनिरहेको छ ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने यो शोको युट्युबमा पनि हरेक भाग १० लाख भन्दा बढी पटक हेरिन थालेपछि चलचित्रकर्मीका लागि चलचित्र प्रमोशनको हब बन्न थालेको हो । सोमबार असोज १४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाबरी’का मुख्य कलाकारहरु अदिती वुढाथोकी, धिरज मगर र धिरज नाडकर फिल्म प्रमोशनका लागि कमेडी शोमा पुगे ।

नायक धिरज मगरले लोकप्रिय शो भएकाले पनि फिल्म प्रमोशनको राम्रो प्लेटफर्म भएको बताए । यस्तै, सोमबार नै असोजको २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘हिजो आजका कुरा’का कलाकारहरु सन्तोष पन्त, ऋचा शर्मा र रीमा विश्वकर्मा फिल्म प्रमोशनका लागि उक्त शोमा पुगेका थिए ।

शोका संचालक विशाल भण्डारीले मिडिया कुराकानीमा भने–‘नेपाली चलचित्र क्षेत्रले हामीलाई खुबै माया दिएको छ । विशेषगरि, निर्माताहरुले चलचित्र प्रमोशनका लागि एक महिना अगाडिबाट नै समय लिन थाल्नुभएको छ । दर्शकले दिनुभएको माया र चलचित्र क्षेत्रले दिएको विश्वासले उत्साहित छौं ।’

यो शो असारको अन्तिमसम्म चल्नेछ । एकातिर, चलचित्र रिलिजको क्यालेन्डर बाक्लो हुनु र अर्कोतिर प्रमोशनका लागि मेकरले नयाँ नयाँ प्लेटफर्म खोज्नुले पनि ‘कमेडी क्लब विथ च्याम्पियन्स’ चलचित्रकर्मीका लागि हब बन्न थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *